काम गरौँ, चुनावको चिन्ता नगरौँ : महामन्त्री शर्मा
गलकोट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् ।
प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव दिए।
उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनि विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए । ‘नेपालमा भूकम्पपछि घर पुनःनिर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्नेगरी योजना बनाऔँ’ शर्माले भने ।
सो अवसरमा आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने बताए ।
‘अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ’, महामन्त्री शर्माले भने ‘सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको कामको समीक्षा गर्नेछौँ, आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।’ उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक रहेको धारणा राखे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया