भागबण्डा मिलाउन गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी
काठमाडौं । स्थानीय तहको चुनावमा भागबण्डा मिलाउन गठबन्धन दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
चुनाव नजिकिदै गर्दा सत्तारूढ पाँच दलहरूले आ–आफ्नै तयारी गरेपनि साझा उम्मेदवार छनोटका विषयमा अहिलेसम्म मापदण्ड बनाउन सकेको छैन ।
चैत १७ मा बसेको सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र पालिका तहसम्म चुनावी तालमेल गर्ने सहमति गरेको थियो । चुनावी तालमेलबारे रिपोर्ट पेश गर्न आजसम्मको समय दिएको थियो ।
आजको बैठकले साझा उम्मेदवार चयन, मोडालिटी र भागबण्ड मिलाउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गठबन्धन दलमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा कांग्रेससँग चुनावी तालमेल गर्ने पक्षमा रहेकपनि सत्ता नेतृत्व दल कांग्रेसभित्र तिब्र मतभेद रहेको छ ।
चुनावी तालमेलमा प्रधानमन्त्री सकारात्मक भएपनि कांग्रेसका स्थानीय समिति नेतृत्वप्रति असन्तुष्ट रहेका छन् । ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा माओवादीकेन्द्र र एकीकृत समाजवादीले हैसियत भन्दा बढी भागबण्डा खोजेको आरोप लगाउँदै कांग्रेसभित्र शेखरपक्षले विरोध जनाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कांग्रेसलाई दवावमा राख्न आफूले भनेजस्तो नभए एमालेसँग सहकार्य हुन सक्ने चेतावनी दिँदै आएका छन् । माओवादीले कांग्रेससँग बार्गेनिङ गरी बढी सिटमा दाबी गर्न पनि एमालेसँग मिल्न सक्ने कार्ड फ्याँकेकाे हाे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया