चीनमा तीव्र गतिमा बढ्दै कोरोना संक्रमण
सांघाई । चीनमा कोरोना भाइरस संक्रमण पुनः दु्रत गतिमा बढ्न थालेको छ । सोमबार देशभर १६ हजार ५ सय ९० जना संक्रमित भएका छन् ।
जसमध्ये १ हजार २ सय ३५ जनामा संक्रमणको लक्षण देखिएको छ । बाँकी १५ हजार ३ सय ५५ जनामा कुनै पनि लक्षण नदेखिएको चिनियाँ स्वास्थ्य निकायले जनाएको छ ।
चीनको व्यवसायिक सहर सांघाईमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । सरकारले विच्याटको आधिकारिक एकाउन्टबाट दिएको जानकारी अनुसार सोमबार १३ हजार ८६ जना संक्रमित भेटिएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले सांघाईमा २ करोड ६० लाख मानिसको संक्रमण परीक्षण गर्न सोमबार सैनिक एवं हजारौं स्वास्थ्यकर्मीलाई पठाएको छ । सांघाईमा सोमबारबाट दोस्रो चरणको लकडाउन सुरु भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया