कस्तो रहला आजको मौसम ?
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज बुधबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।
कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार हिमाली भेगमा पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।
त्यस्तै राति, देशभर आंशिक बदली देखि सामान्यतया मौमस सफा रहनेछ महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया