काठमाडौंका यी ठाउँमा साढे ४ घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौं । काठमाडौंका फरक-फरक ठाउँमा आजदेखि चारदिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।
मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया