बागमती प्रदेशका यी १० अस्पतालको स्तरोन्नति गरिदै
मनहरी । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई एक सय शय्यामा स्तरोन्नति गरिने उनले बताए। उनका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित एक हजार छ सय ६९ जना कर्मचारीको सङ्गठन संरचना स्वीकृत गरिएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले बैठकबाट सिन्धुपाल्चोक र रामेछाप अस्पतालका साथै दोलखाको पशुपति चौलागाईं र काभ्रेको मेथिनकोट अस्पताललाई पचास/पचास शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको बताए ।
उनले प्रदेश स्वास्थ्य मन्त्रालयको एक हजार छ सय ६९ (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौँडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय समेत गरेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया