दलले आचारसंहिता पालना गर्नेमा आयोगको शंका, लिखित प्रतिबद्धता मागिँदै
काठमाडौं । निर्वाचन आयोगले स्वीकृत आचारसंहिता प्रभावकारी कार्यान्वायन गर्नका लागि निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूसँग लिखित् प्रतिबद्धता माग्ने भएको छ । आचारसंहिता कडाइसाथ पालना गर्न निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका पदाधिकारीलाई केहीबेरमा बोलाइएको हो ।
आचारसंहिता पालनामा आयोगले निर्देशन दिनुभन्दा पनि सम्बन्धित दलहरूले लिखित प्रतिबद्धता जनाएको खण्डमा प्रभावकारी कार्यान्वयन हुने आयोगको विश्वास रहेको छ ।
चुनावको मिति नजिकिँदै जाँदा दलहरूले आचारसंहिताविपरीत चुनावी गतिविधि नहोस् भन्नका लागि दलहरूलाई लिखित् रूपमा सचेत गराउन लागिएको प्रवक्ता शालिग्राम शर्मा पाैडेलले बताए ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया