नेपाल आयल निगमले कार्यकारी निर्देशकका लागि माग्यो आवेदन
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
योग्य र इच्छुक नेपाली नागरिकले २१ दिन भित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।
उक्त पदका लागि आवश्यक योग्यता, अनुभव, पेश गर्नुपर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइट https://www.moics.gov.np/np गएर हेर्नका लागि सूचनामा अनुरोध गरिएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया