दुई प्रदेशमा आज हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार दुई प्रदेशमा हिमपात हुनसक्ने प्रक्षेपण गरेको छ ।
महाशाखाले तीन दिने बुलेटिन सार्वजनिक गर्दै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।
सोमबार र मंगलबार पनि वर्षाको सम्भावना छैन । महाशाखाका अनुसार, सोमबार र मंगलबार केही स्थानमा बदली रहे पनि सामान्यतया मौसम सफा रहने छ ।
प्रतिक्रिया