माध्यमिक तहको शिक्षकका लागि विज्ञापन आह्वान (विज्ञापनसहित)
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
आयोगले आइतबार सूचना प्रकाशित गरेर नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिकलगायत विषयमा दरखास्त आह्वान गरेको हो ।
प्रदेशगत हिसाबले गरिएको विज्ञापनमा नेपालीमा ६७, अंग्रेजीमा ७९, गणितमा ८५, विज्ञानमा १२४, सामाजिकमा ५३, अर्थशास्त्रमा ७, कार्यलय सञ्चालन तथा लेखामा १५ जना शिक्षक माग गरिएको छ । त्यस्तै, संस्कृत व्याकरण र कम्युटर विज्ञानमा ३/३ जना शिक्षक माग गरिएको छ ।
१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका योग्यता पुगेका नेपालीले आगामी माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने माघ १५ सम्म आवेदन दिन सकिन्छ । दरखास्त अनलाइनमार्फत दिन सकिने र शुल्क एक हजार तोकिएको आयोगले जनाएको छ । प्रत्येक समावेशी समूहको लागि भने थप रु. ६०० का दरले बुझाउनुपर्नेछ ।
आयोगले विज्ञापनसँगै परीक्षा केन्द्र पनि तोकेको छ । आयोगका अनुसार, कोशी प्रदेशको मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा हुनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया