समाजवादी मोर्चाको बैठक साँझ पुन: बस्ने

काठमाडौं । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ ।
बैठक बुधबार साँझ ६ बजे पुनः बस्ने गरी सकिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
बैठकमा यसबीचमा भएका गतिविधिको रिपोर्टिङ भएको र आगामी गतिविधिबारे समय लिएर छलफल गर्नुपर्ने भएकाले बैठक साँझ ६ बजे पुनः बस्ने पाण्डेले बताए ।
पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन सहभागी दलहरू सक्रिय भएका छन् ।
२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया