राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरेका हुन् ।
मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गरेका थिए। सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपति पौडेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ बजार आइपुगेका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया