ललितकला र सिद्धार्थ फाउण्डेसनबीच सहकार्य
काठमाडौँ। नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबीच सहकार्यको सहमति भएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र फाउण्डेशनका अध्यक्ष सङ्गीता थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे। त्यस अवसरमा कुलपति हार्तम्छालीले कला क्षेत्रको विकास तथा विश्वभर प्रचारप्रसार गर्न सार्वजनिक-निजी साझेदारी अपनाउन आवश्यक भएको बताए।
उनले भने, ‘विश्वमा हाम्रो कलालाई चिनाउन सरकारी तथा गैरसरकारी सङ्घ–सस्थासँगको सहकार्य आवश्यक छ ।’ फाउण्डेसनका अध्यक्ष थापाले मौलिक कलालाई सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा परिचित गराउने तथा त्यसलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान यो सहकार्य गरिएको बताइन् ।
चित्रकार सुजन चित्रकारले अन्तर्राष्ट्रिय कला महोत्सवका रुपमा ‘काठमाडौँ ट्रियनियल’ आयोजना गरेर विश्व समकालीन कलाको लागि नेपालको प्रमुख अन्तर्राष्ट्रिय मञ्चका रुपमा काम गरिरहेको बताए । काठमाडौँ ट्रियनियल पाँचौ संस्करणसम्म आइपुग्दा नेपाली कलालाई विश्वबजारमा चिनाउन सहयोग पुगेको उनले बताए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया