‘डिग्री माइला’ मा यस्तो देखिए दयाहाङ
काठमाडौं । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’ को आधिकारिक पोष्टर आउट गरिएको छ ।
बैशाख १ गते प्रदर्शन तयारीमा रहेको सो फिल्मको बिहीवार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईको ‘क्यारेक्टर लुक्स’ चित्रण छ ।
रामबाबु गुरुङ निर्देशित शैक्षिक बेरोजगारको कथा बोकेको यो फिल्मको पोस्टरमा चस्मा लगाएको दयाहाङलाई गम्भीर पात्रका रुपमा चित्रण गरिएको छ ।
नेपालको शिक्षा प्रणाली र त्यसको उत्पादनशिलताको कथावस्तुमा बनेको फिल्ममा दयाहाङले शीर्ष पात्रको भूमिकामा अभिनय गरेका छन् ।
बाँसुरी फिल्मस र सुष्मा प्रोडक्सनले फिल्म निर्माणमा सहकार्य गरेका छन् । फिल्ममा दयाहाङको अलवा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया