विद्यालय जाँदै गरेकी छात्राको बाटैमा हत्या !
काठमाडौं । विद्यालय जाँदै गरेकी एक छात्राको बाटैमा हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका–३ मा एक छात्राको हत्या भएको हो ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
‘उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको छ । यस किसिमका घटना बलका नगरको सुरक्षा संवेदनशीलतामा प्रश्न उठाएको छ’, विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन मागसमेत गरेका छन् ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया