छात्रा हत्या प्रकरण : सहपाठी नै संलग्न
काठमाडौं । विद्यालय जाँदै गरेकी १० कक्षामा अध्ययनरत छात्रा कविता सुनुवारको बाटैमा हत्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतक छात्राकै १७ वर्षीय (नाबालिग) सहपाठी र उनका दाजु (काकाका छोरा) विनोद ढकाल रहेको उदयपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक कविता र ती १७ वर्षीय छात्राबीच मनमुटाब थियो । त्यसैले उग्ररूप लिएपछि दाजु विनोदलाई बोलाएर उनको हत्या भएको पाइएको छ ।
हत्याका लागि ढुंगा र बियरका बोतल प्रहार गरिएको पाइएको छ ।
उदयपुरको बेलका नगरपालिका–३ मा आजैमात्र एक छात्राको हत्या भएको थियो ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविताको यसोदा खोलामा हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया