छात्रा हत्या प्रकरण : सहपाठी नै संलग्न
काठमाडौं । विद्यालय जाँदै गरेकी १० कक्षामा अध्ययनरत छात्रा कविता सुनुवारको बाटैमा हत्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतक छात्राकै १७ वर्षीय (नाबालिग) सहपाठी र उनका दाजु (काकाका छोरा) विनोद ढकाल रहेको उदयपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक कविता र ती १७ वर्षीय छात्राबीच मनमुटाब थियो । त्यसैले उग्ररूप लिएपछि दाजु विनोदलाई बोलाएर उनको हत्या भएको पाइएको छ ।
हत्याका लागि ढुंगा र बियरका बोतल प्रहार गरिएको पाइएको छ ।
उदयपुरको बेलका नगरपालिका–३ मा आजैमात्र एक छात्राको हत्या भएको थियो ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविताको यसोदा खोलामा हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया