प्रजिअले ‘गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चल्यो’ : गृहमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा कुनै हालतमा गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चलेको रिपोर्ट आफूसँग रहेको जिकिर गरेका छन् ।
संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारीले ‘कुनै पनि हालतमा गोली नचलाउनू भनेर आदेश दिँदादिँदै’ गोली चलेको रिपोर्ट आफूसँग रहेको बताएका हुन् ।
उनले घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गर्दै फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको बताए ।
इपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नदेखिएकाले उनलाई जिम्मेवारीबाट हटाइसकेको जानकारी दिँदै ललितपुरको प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी प्रमुख (एसएसपी) र फिल्ड कमाण्डमा खटिएका प्रहरी कमाण्डर (डीएसपी)लाई पनि जिम्मेवारीबाट हटाइएको मन्त्री श्रेष्ठले बताए ।
अनुसन्धानमा सघाउ होस् भनेर उनीहरुलाई जिम्मेवारीबाट हटाइएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया