पुटिनका पूर्वज्वाइँले नवजात छोरी चोरेर मस्कोमा लुकाएको दाबी
लन्डन । लन्डनमा बस्दै आएकी एक समाजसेवी महिलाले उनको श्रीमान् तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्वज्वाइँले आफ्नी नवजात छोरी चोरेर मस्कोमा लुकाएर राखेको आश्चर्यजनक दाबी गरेकी छन् ।
देशका सबैभन्दा कान्छो अर्बपति किरिल शामलोभसँग विवाह गरेकी रुसी सेलिब्रेटी जान्ना भोल्कोभाले अक्टोबरमा सेरोगेटमार्फत् जन्मिएको बच्चा आफूलाई भेट्न नदिएको बताएकी हुन् । भोल्कोभाले अहिले अलग्गिएका श्रीमान् शामलोभका एक सहयोगीले बच्चालाई हेर्ने प्रयास नगर्न चेतावनी दिएको दाबी गरेकी छन् ।
शामलोभले सन् २०१३ मा पुटिनकी छोरी क्याटरिना तिखोनोभासँग विवाह गरेका थिए । तर अझै पनि शामलोभलाई अझै पनि पुटिन निकट मानिन्छ । उनी ३२ वर्षको उमेरमा अर्बपति भएका थिए ।
पुटिनकी छोरीसँग छुट्टिएको केही समयपछि सन् २०१८ मा शामलोभले भोल्कोभासँग विवाह गरेका थिए । उनीहरुले बच्चाका लागि धेरैपटक आइभिएफ गर्दा पनि सफल नभएपछि सरोगेटमार्फत् बच्चा जन्माएको मस्कोमा रहेको एजेन्सीलाई उल्लेख गर्दै डेलिमेलले जनाएको छ ।
गर्भावस्था अन्तिम चरणमा पुगेका बेला यी दुईबीचको सम्बन्ध टुट्यो र भोल्कोभा लन्डन गएकी थिइन् । मस्को एजेन्सीले पछि उनलाई सरोगेट बच्चा गर्भाधान गरेकी महिलासँग लामो समय सम्पर्क नभएको भन्दै जानकारी दिएपछि उनी मस्को उडेकी थिइन् । ‘म कोभिडका कारण लन्डनमा फसेकी थिएँ,’ उनले भनिन् ।
उनी सहरको बाहिरी भागमा रहेको विशाल घरमा गइन् । उनले भनिन्, ‘मैले तीन दिनसम्म उनलाई पर्खेँ, अन्ततः घर आए । उनले आफ्नो नयाँ प्रेमिका रहेको तर आफूसँग सम्बन्धविच्छेद गर्न नचाहेको भन्दै मलाई चोट पुर्याउन खोजे ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया