जुम्ला जिल्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुम्ला जिल्लाको समग्र विकासका लागि सरकारले उच्च महत्व दिएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) का जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले जिल्लाको समग्र विकास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
उनले स्थानीयवासीको माग अनुसार सिञ्जा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाएका भएको भेटमा सहभागी लेखक एवम् पत्रकार मनऋषि धितालले जानकारी दिए ।
सो अवसरमा माओवादी केन्द्रका जिल्ला नेतृत्वले पार्टीले चलाएको तीन महिने अभियानको बारेमा जानकारी गराएको थियो । गाउँ–गाउँमा सङ्गठन विस्तार तथा सरकारको काम कारबाहीलाईसमेत जनस्तरमा पु¥याएको जनाउँदै अभियान सार्थक बनेकोसमेत पार्टी अध्यक्षलाई जानकारी गराइएको उनको भनाइ छ ।
यस्तै, आसन्न राष्ट्रियसभाको निर्वाचनमा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गराइदिन आग्रह गरिएको थियो । सो अवसरमा प्रतिनिधिसभा सदस्य छिरिङल्हामु लामालगायतको उपस्थिति थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया