आफू सहभागी हुने कार्यक्रममा लागि सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिएका छन् ।
यही पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रमका लागि रामेछापको सुनापति गाउँपालिकाले पालिकामा सार्वजनिक बिदा दिएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया