टिग्रेका झण्डै ४० प्रतिशत नागरिकमा खाद्यान्नको चरम अभाव
काठमाडौं – इथियोपियाको टिग्रेमा झण्डै ४० प्रतिशत मानिसले युद्धको प्रभावका कारण खाद्यान्नको ‘अत्यधिक अभावको सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ ।
खाद्य सुरक्षाको नयाँ मूल्यांकन संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को तथ्याङ्कमा १५ महिनाको द्वन्द्वपछि झन्डै ४० प्रतिशत मानिस चरम खाद्यान्नको अभाव भोगिरहेको पाइएको उल्लेख गरिएको हो।
इन्धन र आपूर्तिको अभावले गर्दा मानवीय सहायता समूहहरू गतिविधिहरूमा कटौती गर्न बाध्य हुँदै गएपछि र उत्तरी इथियोपियामा भएको ताजा झगडाले सहायता प्राप्त गर्ने बाटोलाई सिमित गर्दा यो कठिन परिस्थितिको प्रभाव त्यहाका सर्वसाधारणमा परेको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय समन्वय कार्यालयले भनेको छ, ‘यस क्षेत्रका सबै अन्तर्राष्ट्रिय सहायता समूहहरू पूर्णतया इन्धनको पहूँचभन्दा बाहिर छन् र खाद्य सङ्कटको सामना गरिरहेकाअ नागरिकलाई पैदल सहायता पु¥्याउने काम गरिएको छ ।’
डब्ल्यूएफपीले ८३ प्रतिशत टिग्रेली खाद्यान्न असुरक्षाको शिकार बनेका बताएको छ ।
‘परिवारहरूले आफैलाई खुवाउने सबै तरिकाहरू बन्द भएका छन् । जनसंख्याको तीन चौथाइले बाँच्नको लागि अत्यधिक कठीन परिस्थितिसँग जुधिरहेका छन्,’ डब्ल्यूएफपीले भनेको छ, ‘खाद्य सामग्री उपलब्ध नहुँदा अनि परिवारहरू अन्नमा मात्र भर पर्दै गएपछि भोजनको मात्रा झन्झनै कम हुँदै गइरहेको छ र कुनै पनि खानेकुरा उपलब्ध हुनको लागि तिनीहरूले दिनहुँ खाने भोजनको मात्रा सीमित हुन्छ ।’
विश्व खाद्य कार्यक्रमले छिमेकी अम्हारा र अफर क्षेत्रहरूमा बढ्दो भोकमरीबारे पनि सतर्क हुन भनेको छ । उक्त क्षेत्र पनि हालैका महिनाहरूमा लडाइँले निकै प्रभावित भएको छ ।
डब्ल्यूएफपीका पूर्वी अफ्रिकाका निर्देशक माइकल डनफोर्डले खानेकुरा र औषधी भएका हाम्रा गाडीहरू अग्रपंक्तिमा पुग्ने सुनिश्चित गर्न डब्ल्यूएफपीले सक्दो प्रयासहरू गरिरहेको बताए।
उनी भन्छन्, ‘हामीलाई मानवीय सहायताका लागि काम गर्न र औपचारिक रूपमा यातायात मार्गमा सहमती हुन द्वन्द्वका सबै पक्षहरूको आवश्यकता पर्दछ र यसबाट भोकमरीको समस्यामा परेका लाखौं मानिसहरूसम्म पुग्न सहज बन्नेछ । तर यदि वैमनस्यता रहिरहेमा यो सम्भव हुनेछैन ।
सन् २०२० को नोभेम्बरमा टिग्रेमा युद्ध सुरु भयो र संयुक्त राष्ट्रसंघले महिनौंदेखि वास्तविक बन्देजको रूपमा वर्णन गरेको ६० लाख मानिसहरूलाई खाद्यान्न अभाब हुँदै गएको छ ।
वासिङ्टनले अबि अहमद नेतृत्वको सरकारले सहायता रोकेको आरोप लगाएको छ भने अदिस अबाबाले विद्रोही आक्रमणलाई दोषी देखाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया