सत्ता गठबन्धन बैठक : राष्ट्रिय सभामा एमालेलाई सिट दिन नेता नेपालको असहमति
काठमाडौं । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक निष्कर्षविहीन भएको छ ।
राष्ट्रिय सभामा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा सहमति नजुट्दा दलहरूले आन्तरिक रूपमा छलफल गर्ने र बिहीबार साँझ पुन: गठबन्धन बैठक बस्ने समझदारी बनेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक र रणनीतिक रुपमा गलत भन्दै माधव नेपाल प्रस्तुत भएपछि बैठक स्थगित भएको हो ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। त्यसअघि नै कुन दलले कति सिट लिने भन्ने विषयमा दलहरू सहमतिमा पुग्न छलफल गरिरहेका छन्।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया