युक्रेन आक्रमणमा रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दावी
वासिङ्टन । उत्तर कोरियाले युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर रूसलाई उपलब्ध गराएको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै गर्दा रूसले आफ्नो सहयोगी इरानसँग क्षेप्यास्त्र खरिद गर्न खोजी गरिरहेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको ‘सैन्य भिडन्त’को तयारीका लागि क्षेप्यास्त्र लञ्चरको उत्पादन बढाउन आह्वान गरेपछि ह्वाइट हाउसको यो टिप्पणी आएको कोरियन सेन्ट्रल न्युज एजेन्सी(केसीएनए)ले जनाएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर ९५५( माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा कर्बीले भने, “हाम्रो जानकारीले के देखाउँछ भने प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले हालै रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र लन्चर र केही ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको छ ।”
“यो रुसका लागि उत्तर कोरियाको समर्थनको एक महत्वपूर्ण हिस्सा हो र यसले विश्व समुदायको चिन्तालाई बढाएको छ ।”
“यस घटनाक्रमले अमेरिकी काङ्ग्रेस ९संसद्०ले युक्रेनका लागि महत्वपूर्ण सैन्य सहायताको प्याकेज पारित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । अमेरिकी समर्थनबिना युद्धमा युक्रेनीको आशा चाँडै उजाड हुनेछ,” कर्बीले भने ।
हालैका दिनहरूमा रूसले हवाई आक्रमण गरेको युक्रेनका लागि हवाई प्रतिरक्षा ‘पूर्णतया’ अमेरिकी प्राथमिकतामा रहेको उनले बताए ।
कर्बीले भने, “काङ्ग्रेसले यस अवस्थालाई बुझ्नु र युक्रेनीहरूलाई उनीहरूको रक्षाको लागि आवश्यक चीजहरू प्रदान गरेर प्रतिक्रिया दिनु महत्वपूर्ण छ ।”
रूसी सेनाले डिसेम्बर ३० मा उत्तर कोरियाले आपूर्ति गरेको क्षेप्यास्त्रमध्ये कम्तीमा एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो, जुन जापोरिजिया क्षेत्रको खुला मैदानमा खसेको थियो । त्यसपछि मस्कोको सेनाले जनवरी २ मा युक्रेनमा ‘दर्जनौँ’ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
साङजी विश्वविद्यालयका सैन्य अध्ययनका प्राध्यापक चोइ गि इलले एएफपीसँग कुरा गर्दै मस्को–प्योङयाङ हतियार स्थानान्तरण रूसले युद्धमा सियोलको आफ्नै भूमिकाप्रति ‘आक्रोश व्यक्त गर्ने’ तरिका हुन सक्ने बताए ।
उनले भने, “दक्षिण कोरिया युक्रेनको लागि प्रमुख हतियार निर्यातकर्ता हो । दक्षिण कोरियाले नेटो राष्ट्रहरूसँग हतियार सम्झौता मार्फत अप्रत्यक्ष रूपमा युक्रेनलाई सहयोग गरिरहेको छ ताकि कीएभलाई उनीहरूको हतियार आपूर्तिको लागि सहयोग पुग्न सकोस् ।”
सोलले युक्रेनको प्रमुख सहयोगी पोल्याण्डमा ट्याङ्क र होवित्जर पठाउन अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।
“रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण दुई कोरियाबीच हतियारको होडबाजी सुरु भएको हो,” चोइले भने ।
“संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरूको उल्लङ्घनको कुरालाई युद्धमा उत्तर कोरियाली हतियार प्रयोगसम्बन्धी नयाँ हतियार स्थानान्तरणको मुद्दा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्मा उठाइनेछ,” कर्बीले भने।
रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेकोमा बेलायतले कडा शब्दमा निन्दा गरेको छ ।
रूसले युक्रेनमा आफ्नो सनकी र गलत सैन्य उद्देश्य पूरा गर्न उत्तर कोरियाको हतियारका लागि उत्तर कोरियातर्फ मोडिरहेको छ । यो युद्धमा यसको अलगावको लक्षण हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया