कोशीमा कांग्रेसबाट सिटौला र माओवादीबाट कार्कीको उम्मेदवारी दर्ता
काठमाडौं । माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेस र माओवादीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पा कार्कीले प्रदेश निर्वाचन कार्यालयमा गएर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
सिटौलाको उम्मेदवारी निवेदनमा प्रदीप सुनुवार प्रस्तावक र हिमाल कार्की समर्थक रहेका छन् । सत्तागठबन्धनमा रहेका दलहरूबीचको सहमतिका आधारमा कोशीमा रिक्त हुने दुईमध्ये कांग्रेस र माओवादीले एक–एक सिट पाएका छन् ।
उम्मेदवारी दर्ता गराएपछि पत्रकाहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘राष्ट्रियसभामा पुगेपछि राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’
आफू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको खण्डमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरुको समझदारी निर्माण गर्न पहल गर्ने उनले बताए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया