रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो

एजेन्सी । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ ।
तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो ।
उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी रहेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।
ताजा अपडेट
-
सुदूरपश्चिमका स्थानीय तहमा राजस्व वृद्धि कसरी ?
-
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
-
गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री ओली
-
महाकालीको माछा बेचेर जीविका चलाउँदै
-
जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान
प्रतिक्रिया