बङगलादेशको चुनाव स्वतन्त्र र निष्पक्ष छैन : अमेरिका

एजेन्सी । संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बङ्गलादेशको आम चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ । अमेरिकाले चुनावमा सबै दलले भाग नलिएको विषयमा दुःख समेत व्यक्त गरेको छ ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विपक्षीदलले बहिष्कार गरेको चुनावमा अवामी लिग पार्टीका तर्फबाट संसद्को आधाभन्दा बढी सिट जितेर लगातार चौथो कार्यकालका लागि बहुमत प्राप्त गरेकी छन् ।
संयुक्त राज्य अमेरिकाले पर्यवेक्षकहरूसँग चुनाव स्वतन्त्र तथा निष्पक्ष नभएको धारणा व्यक्त गर्दै अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत गहिरो खेद व्यक्त गरेको छ । विज्ञप्तिमार्फत अमेरिकाले बङ्गलादेशका जनताका लागि लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि भने पूर्ण समर्थन रहेको बताएको छ । हाल जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टीको बहिष्कार बीच आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना पाँचौं कार्यकालका लागि पुनः निर्वाचित भएकी हुन् ।
अमेरिकाले राजनीतिक गिरफ्तारी तथा अनियमितताका साथै निर्वाचनका समयमा भइरहेका हिंसाको पनि निन्दा गरेको छ । अमेरिकाले बङ्गलादेशी सरकारलाई हिंसाको छानविनका लागि आग्रह गरेको छ । यसैगरी अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको साझा दृष्टिकोणलाई अगाडि बढाउन बङ्गलादेशसँग साझेदारी गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।
अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि साझा दृष्टिकोणलाई अगाडि बढाई , बङ्गलादेशमा मानव अधिकार र नागरिक समाजलाई समर्थन गर्दै जनताको आर्थिक सम्बन्धलाई सुदृढ गर्न साझेदारी गर्न प्रतिबद्ध भएको पनि अमेरिकाले जनाएको छ ।
डेली स्टारका अनुसार, शेख हसिनाको पार्टीले १२ औं संसदीय चुनावमा लगातार चौथो कार्यकाल जितेको छ । जुन चुनावमा सन् १९९१ मा प्रजातन्त्रको पुनः स्थापनापछि दोस्रो सबैभन्दा कम मतदाताको सहभागिता रहेको जनाईएको छ ।
प्रमुख विपक्षी बीएनपी र अन्य १५ दलको बहिष्कार बीच अवामी लिगले पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । विजयपछि, हसिनाले बङ्गलादेशका जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै, बारम्बार मतदान गर्ने नागरिकहरू प्रति आफ्नो जिम्मेवारी बोध भएको बताएकी छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया