ट्रायल दिन आएको व्यक्तिको नाममा पहिले नै लाइसेन्स !
काठमाडौं । यातायात व्यवस्था विभागले गठन गरेको छानबिन समितिले गरेको छानबिनका क्रममा नागरिकको विवरणमा गम्भीर खेलबाड गरिएको भेटेको छ ।
एउटै व्यक्तिका नाममा दुईवटा लाइसेन्ससमेत छानबिनका क्रममा भेटिएको छ । सवारी लाइसेन्सका लागि लिखित पास गरेर ट्रायलका लागि आएकी एक महिलाको नाममा पहिले नै लाइसेन्स जारी भएकोसम्म भेटिएको छ ।
त्यस्तै, एकजना महिलाको नाममा बसको लाइसेन्स जारी भएको छ । उनी नेपालभर बसको लाइसेन्स पाउने एक मात्र महिला रहेको देखिन्छ । यसलाई पनि समितिले शंकास्पद भनेको छ । एकजना नेपाल सरकारका पूर्वसचिवका नाममा लाइसेन्स नम्बर छ । तर, उनको नाममा अर्कैले लाइसेन्स बनाइसकेकोसम्म पनि भेटिएको छ ।
आपत्कालीन अवस्थाका नाममा गैरकानुनी तरिकाले रकम लिएर लाइसेन्स जारी गरिएको पनि देखिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया