दोस्रो युद्धविराममा विपिन रिहा हुनेमा आशावादी छौँ : परराष्ट्रमन्त्री
डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल-हमासबीचको दोस्रो युद्धविराममा कञ्चनपुरका विपिन जोशीको रिहाइ हुने विश्वास व्यक्त गरेका छन् ।
आज बिहान डडेल्धुरामा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री साउदले विपिनको रिहाइका लागि पटक–पटक इजरायल सरकारसँग पनि आग्रह गरेको बताए ।
उनले भने, ‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ, दोस्रो युद्धविराममा विपिन सकुशल फर्किने अपेक्षा छ ।’ उनले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग पनि विपिन रिहाइको पहल गर्न आग्रह गरेको बताए ।
उनले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित छन्। उनी चाँडै रिहा हुनेछन्।’
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया