बिनोदले जिते ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि बिनोद राईले जितेका छन् ।
शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको ग्राण्ड फिनालेमा टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका राई विजेता घोषित भएका हुन् ।
जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए भने टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।
दर्शकको सर्वाधिक भोटको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ ।
फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए भने भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति दिए ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया