NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

आलमविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । इँटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

जिल्ला अदालत रौतहटले आलमको मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको जनाएको छ ।

यसअघि गत कात्तिक तेस्रो साता अदालतले सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । दुवै पक्षबाट बहस नोट प्राप्त भइसकेपछि अदालतले मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको हो ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचन अगाडि रौतहटको राजापुरमा भएको बम विस्फोटको पोल खुल्ने डरले त्यसका घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता आलममाथि छ ।