लुगा सुकाउने क्रममा इनारमा खसिन् महिला, उद्धार जारी
काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।
सोमबार बिहान ९: ५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै बस्ने दोलखा घर भएकी २८ वर्षीया न्यूटन प्रधान लुगा सुकाउने क्रममा इनारमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले उनको उद्धार प्रयास भइरहेको छ । ललितपुरका एसपी नवराज कार्कीका अुनसार कपडा सुकाउन जाँदा स्ल्याबमा टेकेको र त्यही बेला स्ल्याब फुटेर न्यूटन इनारमा खसेकी हुन् ।
उनी बोल्न सक्ने अवस्थामै छिन्। उनले उद्धारकर्मीसँग कुराकानी गर्दै निस्किने प्रयास गरिरहेको प्रहरीले बताएको छ।
प्रहरी वृत्त सातदोबाटोबाट डिएसपी उमेश जोशी नेतृत्त्वको टोली घटनास्थलमा खटिएका छन् भने सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि पुगेको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया