तेस्रो पटक मेसीले जिते ‘फिफा द वेस्ट अवार्ड’
काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले फिफा बेस्ट अवार्ड अन्तर्गत वर्षको ‘उत्कृष्ट पुरुष’ खेलाडीको अवार्ड जितेका छन् ।
३६ वर्षीय मेसीले तेस्रो पटक फिफा द वेस्टमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। मेसीले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए।
अमेरिकी क्लब इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन् । सेन्ट जर्मेनका आक्रमणकारी केलियन एमबाप्पे भने तेस्रो स्थानमा रहे ।
लन्डनमा सोमबार आयोजित कार्यक्रममा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्।
सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर तर्फको अवार्ड जिते ।
सिटीले २०२२/२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल गरेको थियो ।
मेस्सीले जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नुअघि पेरिस सेन्ट जर्मेनबाट २०२३ का सुरुवाती खेल खेलेका थिए ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया