संयुक्त राष्ट्रसङ्घद्वारा युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुन एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ ।
विशेष गरी, संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ अर्ब डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ अर्ब डलर जुटाउने पनि विश्व निकायको लक्ष्य रहेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा कीभले उच्च आशा राखेको बताए ।
उनले आन्तरिक रूपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताएका छन् । सन् २०२२ को फेब्रुवरीदेखि करिब ६३ लाख मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४९ लाख मानिस विस्थापित भएका छन्
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया