कंगोमा नेपाली सेनामाथि विद्रोहीको आक्रमण, एकको मृत्यु, एक घाइते
काठमाडौं । कंगोमा शान्ति स्थापनार्थ गएको नेपाली सेनामाथि विद्रोहीले आक्रमण गरेका छन् । आक्रमणमा एक नेपाली सेनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् ।
प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको अपरेसन ‘बाली’ को टोलीमाथि मंगलबार आक्रमण भएको हो । आक्रमणमा एक जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ । ती सैनिकको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
आक्रमणबाट घाइते सैनिकलाई उद्धार गरेर बुनियाँस्थित लेबल–२ अस्पताल लगिएकोमा त्यहाँ उनको अहिले उपचार भइरहेको छ । ती सैनिकको अवस्थाबारे केही खुलाइएको छैन
विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट नेपाली सेनामाथि आक्रमण भएको बताइएको छ । ।
राष्ट्र संघले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया