NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दुई वैकल्पिक केन्द्रीय सदस्यलाई माओवादीले गर्‍यो निष्कासन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

गत शनिबार बसेको स्थायी कमिटी बैठकले विरू तामाङ (सुदीप) र उमा विकलाई निष्कासन गर्ने निर्णय गरेको हो।

तामाङ पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै पार्टीको कारवाहीमा परेका हुन् भने कपिलवस्तुकी विक नेकपा (एमाले) मा प्रवेश गरेकी थिइन्।

ताजा अपडेट

नेपालवाच विशेष