एउटै रुखमा झुण्डिएको अवस्थामा माइजू-भान्जाको शव फेला

दाङ। दाङमा एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा माइजू-भान्जाको शव फेला परेको छ ।
एउटै रुखमा झुण्डिएको अवस्थामा तुलसीपुर ३ निवासी माइजू ३४ वर्षीया बसन्ती थापा र सोही ठाउँका भाञ्जा १९ वर्षीय तुलसीराम घर्ती बुधबार अपरान्ह ४ बजेतिर मृत फेला परेका हुन् ।
उनीहरु पुस ९ गतेदेखि सम्पर्कविहीन थिए । उनीहरु हराएपछि थापाका श्रीमानले प्रहरीमा निवेदनसमेत दिएका थिए । थापाले दुई वर्षदेखि माताको रुपमा काम गर्दै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सानो बखरिया जंगलमा पात टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । हराएको लामो समय भएपनि शव भने धेरै दिनको नभएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया