रानीमहल परिसरमा महिलाबीच भलिबल प्रतियोगिता हुने
पाल्पा । जिल्लाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिए । करिब रु ३० लाखको लागतमा आयोजना गर्न लागिएको सो प्रतियोगिताका विजेताले रु एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु ५० हजार तथा उत्कृष्ट खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचार–प्रसारमा टेवा पुर्याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको मास्केले बताए । प्रतिष्ठानले एक दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ । सम्पूर्ण खेलाडीको रु दुई लाख बराबरको बीमासमेत आयोजकले गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया