इच्छाराज तामाङको तीन अर्बको मुद्दामा फैसलाको तयारी

काठमाडौैं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ र उनका परिवारविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा बिशेष अदालतमा सुनुवाई सुरु भएको छ । बिशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशमा मंगलबारदेखि निरन्तर सुनुवाई भइरहेको छ ।
तामाङविरुद्ध तीनअ र्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ मा मुद्दा दायर भएको थियो । यसमा उनकी श्रीमती सृजना शाक्य तामाङलाई एक अर्ब तीन करोड ५ लाख, छोरी प्रतिक्षालाई ६ करोड २२ लाख, अर्की छोरी प्रतिष्ठालाई एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको थियो । त्यस्तै, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई २६ करोड ६१ लाख तथा मिनाकुमारी श्रेष्ठलाई सम्पत्ति जफतको प्रयोजनले प्रतिवादीबनाइएको छ ।
सिभिल सहकारीको ठगी मुद्दामा इच्छाराज, सृजना तथा केशवलाल पुर्पक्षका लागि थुनामा छन् । सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । सहकारीमा सर्वसाधरणले बचत गरेको पैसा इच्छाराजले आफ्ना निजी कम्पनीलाई नियमविपरीत लगानी गरेर सहकारी डुबाएका थिए । जसमा हजारौं सर्वसाधरणको करिब ६ अर्ब डुबेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया