खेलाडी बाहेक अरुमा अनुशासनको कमी छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अनुशासनको कमी भइरहेको बताएका छन् ।
नेपाल खेलकुद महासङ्घको दोस्रो बैठकलाई बिहीबार ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले खेलाडी सबैभन्दा अनुशासनमा बस्ने भएकोले खेलजस्तो अनुशासन अरु क्षेत्र नभएको बताए ।
“अहिले खेलाडी बाहेक अरुमा अनुशासन कम देखिन्छ । खेलमा जस्तो अरु क्षेत्रमा पनि अनुशासन चाहिन्छ । त्यो अनुशासनलाई हामीले समाजिक मान्यताको रुपमा अगाडि बढाएर लैजानु पर्दछ,” उनले भने । उनले सबैले अनुशासित भएर जीवन बिताउनुपर्नेसमेत आग्रह गरे ।
अध्यक्ष ओलीले देश अप्ठयारो स्थितिमा रहेको भन्दै सबै क्षेत्रबाट देशलाई अप्ठ्यारो स्थितिबाट जोगाउनुपर्ने बताए । देशलाई बर्बाद हुनबाट जोगाउनका लागि पार्टी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने भनाइ उनले भने ।
“नेपाल देश छ र हामी छौँ । नेपाल जोगाउन परिआउँदा हरेक मूल्यमा हामी अगाडि बढ्नुपर्दछ,” उनले भने। कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले सङ्गठन सुदृढीकरणका लागि खेलकुद महासङ्घ लाग्नुपर्ने बताए । महासङ्घका अध्यक्ष परशुराम बस्नेतले खेलकुदसँगै युवालाई पार्टीमा आकर्षण गराउने बताए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया