स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । युगाण्डामा आयोजित असंलग्न आन्दोलनका राष्ट्रहरूको १९औं शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आइतबार बिहान ९ बजे कतार एअरवेजको विमानमार्फत स्वदेश फर्किएका हुन् ।
स्वदेश फिर्तीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन सरकारले कूटनीतिक प्रयास जारी राखेको बताए । युगाण्डा भ्रमणका क्रममा रुसी उपविदेश मन्त्रीलाई नै भेटेर यसबारे कुरा राखे पनि युद्ध जारी रहेकाले यसमा रुस तयार भइहाल्ने स्थिति नरहेको उनले प्रष्ट पारे ।
‘रुसी सेनामा रहेका नेपालीलाई फर्काउन सरकारले कूटनीतिक पहल गरिरहेको छ । युगाण्डा भ्रमणकै क्रममा पनि रुसी उपविदेशमन्त्रीलाई भेटेर मैले कुरा राखेँ । तर युद्ध चलिरहेकाले हामीले भन्नेबित्तिकै मानिहाल्ने पक्षमा रुस देखिँदैन,’ उनले भने ।
अवैध तरिकाले अन्य देशको सेनामा भर्ती हुनु हुँदैन भनेर सञ्चारमाध्यमले पनि जनचेतना जगाउनु पर्ने उनले बताए ।
प्रधानमन्त्री प्रचण्ड माघ ४ गते नेपाली टोलीको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गरेका थिए । सम्मेलन दौरान उनले असंलग्न आन्दोलनमा प्रतिबद्धता जनाउँदै विभिन्न एजेण्डा प्रस्तुत गरेका थिए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया