श्रीलंकाको दक्षिणी क्षेत्रमा गोली चल्दा ५ जनाको मृत्यु
एजेन्सी । श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताएका छन् । चार जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ताले जनाकारी दिएका छन् ।
उक्त घटना लीबारी स्थानीय समय अनुसार बिहान ७:४५ बजे भएको थियो । गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जीपमा रहेको अर्को समूहमा गोली चलाउदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सो गोली प्रहार सङ्गठित आपराधिक समूहले गरेको हुन सक्ने आशंका गरेको छ । श्रीलङ्काले डिसेम्बर १७ देखि लागुऔषध ओसारपसार र सङ्गठित आपराधिक गतिविधिलाई रोक्नको लागि अभियान विशेष शुरु गरेको छ । सो अभियानमा गत हप्तासम्म ४० हजार भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया