पैंसा खातामा जम्मा भएको भए जुनसुकै सजाय भोग्न तयार छु : रवि लामिछाने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले एक करोड ८० लाख रूपैयाँ आफ्नो निजी खातामा नआएको बताएका छन् ।
उनले आज रास्वपाको कार्यालयमा पत्रकार सम्मेलन गरेर उक्त पैसा अन्य कसैले राखेको भएता पनि आफ्नो खातासम्म नआएको दाबी गरे । उनले पैसा खातामा भएको भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको समेत बताए ।
बैंक खातामा देखिएको उक्त पैसा कसले के प्रयोजनका लागि राखियो भन्ने पनि आफू अनविज्ञ रहेको उनले बताए । कान्तिपुरले आज रवि लामेछानेको खातामा ग्यालेक्सी टेलिभजन छाड्दा उनको निजी खातामा १ करोड ८० लाख जम्मा भएको शिर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही समाचारको खण्डन गर्न लामेछानेले पत्रकार सम्मेलन राखेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया