एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ७५१ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
नेकपा एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म देशभर संकल्प यात्रा गरेको थियो । त्यसक्रममा आमनागरिकबाट प्राप्त गरेको सुझावलाई एमालेले ध्यानाकर्षणपत्रमा समेटेर प्रधानमन्त्रीलाई बुझाएको हो ।
ध्यानाकर्षापत्रमा ४६ क्षेत्रसँग सम्बन्धित ७५१ माग तथा सुझाव छन् ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डबाट ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि पहल लिने प्रतिबद्धतता व्यक्त भएको जानकारी दिए ।
‘ध्यानाकर्षणपत्रमा उल्लिखित सुझाव तथा माग दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने प्रधानमन्त्रीज्यूले प्रतिबद्धता जनाउनुभएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै नेता ज्ञवालीले भने ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया