‘द पोएट आइडल’ को जजमा सुरक्षा आउट, केकी इन
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन-२ मा अभिनेत्री केकी अधिकारी जजको भूमिकामा देखिने भएकी छिन् ।
कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीका अनुसार पहिलो सिजनमा जज रहेकी सुरक्षा पन्तको ठाउँमा केकी अनुबन्धित भएकी हुन् । अन्य तीन जजहरु उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक भने दोस्रो सिजनमा पनि निरन्तर हुनेछन् ।
‘द पेएट आइडल’को दोस्रो सिजन माघ २२ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदैछ । प्रत्येक सोमबार र मंगलबार राति ९ बजे ‘द पोएट आइडल’ प्रसारण हुनेछ ।
यसपटक अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छानिएका छन् । कुल ३१ एपिसोड रहने यस सिजनको फिनाले जेठमा गर्ने तयारी छ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया