‘द पोएट आइडल’ को जजमा सुरक्षा आउट, केकी इन
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन-२ मा अभिनेत्री केकी अधिकारी जजको भूमिकामा देखिने भएकी छिन् ।
कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीका अनुसार पहिलो सिजनमा जज रहेकी सुरक्षा पन्तको ठाउँमा केकी अनुबन्धित भएकी हुन् । अन्य तीन जजहरु उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक भने दोस्रो सिजनमा पनि निरन्तर हुनेछन् ।
‘द पेएट आइडल’को दोस्रो सिजन माघ २२ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदैछ । प्रत्येक सोमबार र मंगलबार राति ९ बजे ‘द पोएट आइडल’ प्रसारण हुनेछ ।
यसपटक अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छानिएका छन् । कुल ३१ एपिसोड रहने यस सिजनको फिनाले जेठमा गर्ने तयारी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया