बागमतीमा चिउरी र चमेरो संरक्षण कार्यक्रम
मनहरी । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको बैठकले चेपाङ समुदायको उत्थानका लागि उक्त कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका २०८० समेत स्वीकृत गरेको हो ।
यसैगरी, समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०’ र ‘बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति, २०८०’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
तीसँगै बैठकले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८०’ स्वीकृत गर्ने र सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्नेलगायत निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया