ट्विटरमा अबदेखि ट्विट एडिट गर्न मिल्ने
काठमाडौं । ट्विटरले अबको केही समयमा ट्विट एडिट गर्न मिल्ने फिचर ल्याउन लागेको जनाएको छ । एडिट फिचर राख्नका लागि गत वर्षदेखि नै काम थालेको पनि ट्विटरले जानकारी दिएको छ ।
‘धेरै माग गरिएको एडिट सुविधाको परीक्षण प्लेटफर्मको सशुल्क सदस्यता सेवा, ट्विटर ब्लूका प्रयोगकर्ताहरूलाई आउँदो महिनाबाट उपलब्ध हुनेछ’, ट्विटरले एक ट्विटमा भन्यो ।
ट्विटरले अरबपति एलन मस्कलाई आफ्नो बोर्डमा समावेश गरेपछि यो घोषणा आएको हो । सोमबार साँझ ट्विटरले बोर्डमा मस्कको नियुक्ति घोषणा गर्नुभन्दा केही घण्टा अघि मस्कले आफ्ना फलोअर्सलाई ट्विटर सम्पादन सुविधालाई समर्थन गर्ने कि नगर्ने भन्ने पोलमा मतदान गर्न आमन्त्रित गरेका थिए ।
मस्कको ट्विटलाई रिट्विट गर्दै सीईओ पराग अग्रवालले भने, ‘यस पोलको नतिजा महत्त्वपूर्ण हुनेछ । कृपया सावधानीपूर्वक मतदान गर्नुहोस् ।’
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया