जालझेल, बेइमानी र षड्यन्त्र कम गर्न महिलालाई उम्मेदवार बनाउने प्रचण्डको इच्छा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा महिलाको शासन हेर्ने इच्छा देखाएका छन् ।
भूमिहीन सुकुम्बासीलाई बुधबार चितवनमा लालपुर्जा वितरण गर्दै उनले पुरुषको तुलनामा महिलाले नेतृत्व गरेको पालिका उत्कृष्ट रहेको जिकिर गरे ।
गत स्थानीय तहको चुनावमा छोरीलाई भरतपुर महानगरपालिकको मेयर बनाएका उनले यसपटक दुवै पदमा महिला उम्मेदवार उठाउन चाहेका छन् ।
‘धेरै वर्ष पुरुषले शासन गरेको हेरें । अब केही वर्ष महिलाले शासन गरेको हेर्ने इच्छा छ’, उनले भने, ‘महिलालाई धेरै स्थानीय तहमा मेयर/उपमेयर बनाउने इच्छा छ । केही वर्ष हेरौं महिलाको राज कस्तो हुनेछ ।’
महिलाले जिम्मेवारी पाएमा जालझेल, बेइमानी र षड्यन्त्र कम हुने उनको दावी छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया