आईसीसीद्वारा श्रीलंका क्रिकेटको निलम्बन फुकुवा
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
आईसीसी सदस्यको रूपमा रहेको श्रीलंकाले आफ्नो दायित्वको गम्भीर उल्लङ्घन गरेको भन्दै नोभेम्बरमा निलम्बन गरिएको थियो।
सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।
यसलाई सरकारी हस्तक्षेप भन्दै आईसीसीले क्रिकेट श्रीलंका नै निलम्बन गरिदिएको थियो।
यसैको कारण अहिले जारी यू–१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिकामा सारिएको थियो । श्रीलंकाको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया