स्ट्याण्ड अप कमेडियन मुनव्वरले जिते ‘बिग बोस सिजन १७’ को उपाधि
काठमाडौं । भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस सिजन १७’ को उपाधि मुनव्वर फारुकीले जितेका छन् ।
१६ अक्टोबरबाट सुरु भएको यस सिजनको ग्राण्ड फिनाले आइतबार राति भएको हो । बिग बोसको यस सिजनलाई पनि अभिनेता सलमान खानले होस्ट गरेका थिए ।
जितसँग मुनव्वरले ५० लाख भारु, कार र बिग बोस ट्रफी हात पारेका छन् । त्यस्तै टेलिभिजन कलाकार अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् ।
‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अभिनेत्री अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शो रहेका थिए । उपाधि दौडमा रहेका अन्य चार जनालाई पछि पार्दै मुनब्बरले उपाधि जितेका हुन् ।
स्ट्याण्ड अप कमेडियनका साथै गायन र लेखनमा चर्चित रहेका मुनव्वरले सायरीमार्फत सबैको दिन जितेका छन् । जितको खुशीसँगै उनले आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् । उनले आफ्नो जन्मदिनकै दिन बिग बोसको जित पनि हात पारेका हुन् ।
उसो त, मुनव्वर अभिनेत्री कंगना रनावतको रियालिटी शो ‘लक अप’ का विनर बनेपछि चर्चामा आएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया