दिल्लीमा भीषण आगलागी : ४ सयभन्दा बढी गाडी जलेर नष्ट
एजेन्सी । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ।
उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो। आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।
आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया